२३ श्रावण २०७९, सोमवार

मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सुझाव

२०७९,असार,२३,बिहीवार १९:३३

0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्याउनु पर्ने सुझाव दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्याउनु पर्ने सुझाव दिएको हो ।

सिबिफिनले मौद्रिक नीतिमा राष्ट्र बैंकले तीन वटा माग प्रमुख रुपमा उठाएको छ । जसमा बैंकको सिडि रेयियो ५ प्रतिशत बढाउने वा सिसिडी रेसियो कायम गर्ने, बैंकले कर्जा बिस्तार उत्पादनमुलक क्षेत्रमा मात्रै सबैभन्दा बढी गरेर उत्पादन उद्योग र आयात कर्जाको ब्याज दर फरक–फरक बनाउनु पर्ने र रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी वा सञ्चितिमा लैजानु पर्ने सुझाव दिएको छ ।

सिबिफिनले मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा लगानी बिस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सिबिफिनका अध्यक्ष पवन गोल्यानले मुख्य तीन माग रहेको बताए । उनले विदेशबाट आउने रेमिट्यान्सलाई उत्पदान क्षेत्रमा लगानी र सञ्चितिमा ल्याउनु पर्ने बताए । अध्यक्ष गोल्यानले बैंकहरुको लगानी सिडि रेसियोबाट आएको लगानी एक मात्रै उत्पादन क्षेत्रमा लगानी लगाउनु अहिलेको आवश्यकता भएको बताए ।

अध्यक्ष गोल्यानले बैंकको सिडी रेसियो र सिसिडी रेसियोका बारेमा घरेलु तथा साना उद्यमी,उद्योग उत्पादनमुलक क्षेत्रमा कर्जा गएन भने अझै नेपाल आयातमुखी हुने बताए । उनले सिडि रेसियो मौद्रिक नीतिमार्फत ९५ प्रतिशत नबनाए चलिरहेका उद्योगहरुमा पनि कर्जा नपाएर स्थिति भयावह हुने बताए । अध्यक्ष गोल्यानले साउन महिनापछि सिडी रेसियो ९५ प्रतिशत नबनाए बैंकहरुलाई समस्या पर्ने दाबी गरे ।

उनले सरकारदेखि नीति क्षेत्र,बैंकहरु सबैले गल्ति गरेकाले अब सबै मिलेर अर्थतन्त्र सुधार गर्नुपर्ने बताए । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले सिडि रेसियो कायम गर्नुपर्ने वा सिडि रेसियो ९० प्रतिशतबाट ५ प्रतिशत बढाएर ९५ प्रतिशत बनाएर कर्जा बिस्तार उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष गोल्यानले सरकारले अर्थतन्त्र सुधार गर्नको लागि साना मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपालको मौलिक अल्लो अहिले गोरु बाध्न प्रयोग भएको भन्दै त्यसलाई प्रशोधन गरेर निर्यात गर्न सके मात्रै अर्बौको विदेशी मुद्रा नेपालमा आउने बताए ।

उनले सिबिफिनले नेपालका १० मौलिक वस्तुको उत्पादन र निर्यात गर्नसक्ने सम्भावनाको अध्ययन गर्ने तयारी गरेको बताए ।

 

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १९:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषता सहितको माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक

काठमाडाैं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु-एस’ सर्भिस

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।

ताजा समाचार