एक खेल अगावै इंग्ल्याण्डले जित्यो टेस्ट सिरिज

इंग्ल्याण्ड । इंग्ल्याण्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै जितेको छ । 

घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै सिरिज एक खेल अगावै ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

२ सय ४५ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको भारतले   अन्तिम दिन १ सय ८४ रनमात्र बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५८ रन तथा अजिन्क्या रहानेले ५१ रन बनाए ।

यता, रविचन्द्रन आश्विनले २५ रन तथा रिसव पन्तले १८ र शिखर धवनले १७ रन जोडेका थिए ।  इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । बेन स्टोक र जेम्स एन्डरसनले समान २ विकेट लिन सफल भए । 

यसअघि पहिलो इनिङसमा भारतलाई २ सय ७३ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङ शुरु गरेको इंग्ल्यान्ड २ सय ७१ रनमा अलआउट भएको थियो । पाँचौ तथा अन्तिम टेष्ट यहि शनिवार हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?