ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जीत, नवप्रवेशी क्लब हुएस्का पराजित

स्पेन। स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले शानदार जीत हात पारेको छ । 

आइतवार राति भएको खेलमा बार्सिलोनाले नवप्रवेशी क्लब हुएस्कालाई ८-२ को विशाल गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ३ मिनेटमा नै हुएस्काका लागि जुवान क्यामिलोले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

क्यामिलोले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको बार्सिलोनाका लागि लियोनेल मेस्सीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । 

त्यस्तै, २४ औँ मिनेटमा हुएस्काका जोर्गे पुलिडोले आत्मघाती गोल गरे । ३९ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए । पहिलो हाफ सकिनै लाग्दा हुएस्काका लागि फाल्गुएराले गोल गरे । 

दोस्रो हाफको शुरु भएलगतै बार्सिलोनाका लागि ओस्मान डेम्बेलेले गोल गरे । खेलको ५२ औँ मिनेटमा इभान राकिटिचले र ६१ औँ मिनेटमा मेस्सीले गोल गरे । मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । 
 
एक पक्षिय रहेको खेलको ८१ औँ मिनेटमा जोर्डी अल्बाले तथा खेल सकिनै लाग्दा स्वारेजले पेनाल्टीमार्फ गोल गरे । जितपछि बार्सिलोना ९ अंकका साथ लिगको शिर्ष स्थानमा छ । 

त्यस्तै, आइतवार राति नै अर्को खेलमा रियल बेटिसले सेभिल्लाई १-० गोल अन्तरले हराएको छ । यता, लेभान्ते र भ्यालेन्सियाबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?