११ कार्तिक २०७८, बिहीवार

प्रतिनिधिसभाको शून्य समय : कसले के भने ?

२०७५,भाद्र,१८,सोमवार ०७:०२

0
Shares

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराए । 

उनीहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पु¥याउन माग गरे । यसैगरी सांसदहरुले थारु जातीमा मात्र देखिने सिकलसेल रोगको उपचार निःशुल्क गर्न, स्वास्थ्य बीमा भएका जिल्लामा औषधि अभाव देखिएको र आन्दोलनमा रहेका चिकित्सकका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गरे । 

यसरी ध्यानाकर्षण गराउने सांसदहरुमा अतहरकमाल मुसलमान, आशाकुमारी विक, उमा रेग्मी, कुमारी मेचे, कृष्णकुमारी श्रेष्ठ, खगराज अधिकारी, गौरीशंकर चौधरी र केदार सिग्देल थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित विशेष समय माग गरी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याराको खोजी गरी कडाभन्दा कडा कारवाही गर्न माग गरे । उनले सो घटना मानवसभ्यताको कलङ्क भएकाले त्यसमा संलग्न जोसुकै भए पनि कारवाही गर्न माग गरे ।
 

प्रकाशित मिति: २०७५,भाद्र,१८,सोमवार ०७:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। आज महेन्द्रनगरस्थित मझगाउँ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधवार

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन पार्टीको बैठकका लागि प्रयोग हुन लागेको छ । सरकारमा रहेको एकीकृत

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार आगामी मंसिर २७ देखि

ताजा समाचार

कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित
 २०७८,कार्तिक,११,बिहीवार ०८:१०
मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९