२६ श्रावण २०७९, बिहीवार

‘साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

२०७९,असार,२३,बिहीवार १८:२९

27
Shares

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवस मनाएको छ । संस्थाले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।

सोहि कार्यक्रममा बोल्दै बक्ताहरुले कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने बताएका छन् । वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले किसानहरुलाई उत्पादनसँगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए ।

किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई सँगसँगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसानहरुनै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखी निरन्तर काम गर्दै आएको बताए । ग्रामिण क्षेत्रमा साना किसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दाबी गरे ।

उनले पूर्वमेचीदेखी पश्चिम महाकालीसम्मका साना किसानहरुलाई गोलवद्ध गर्दै पुँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए । पूँजीको पहुँच वृद्धिसँगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिला लगाएतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मुलधारमा ल्याउन सफल भएको दाबी गरे । पछाडी परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पूँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकास लगाएतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताए ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १८:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत

काठमाडौं । कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका, वडा नम्बर ३, सल्यानस्थित होटेल शिरीषबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल शिरीषबाट

काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९