इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी (तस्वीर सहित)

इंग्ल्याण्ड । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । 

आइतवार राति भएको लिगको चौथो खेलमा म्यान्चेस्टर युनाइटेडले बनर्लिलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको २७ औँ मिनेटमा म्यान्चेस्टर युनाइटेडका लागि रोमेलु लुकाकुले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

एक पक्षिय रहेको खेलको ४४ औँ मिनेटमा लुकाकुले दोस्रो गोल गरे । 

दोस्रो हाफमा आक्रामक खेल खेलेको युनाइटेड ७१ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । निर्धारित समयसम्म बनर्लिले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल २-० ले हार्‍यो । जितपछि म्यान्चेस्टर युनाइटेड ६ अंकका साथ लिगको १० औँ स्थानमा छ । 

त्यस्तै, आइतवार राति नै भएको अर्को खेलमा टोट्नह्याम वाटफोर्डसँग २-१ गोल अन्तरले पराजित भएको छ । टोट्नह्यामका लागि खेलको ६९ औँ मिनेटमा ट्रो डेनी र ७६ औँ मिनेटमा के्रग चाटकार्टले समान एक-एक गोल गरेका थिए । त्यस्तै, अब्दुल डौकोरले आत्मघाती गोल गरे । 

यता, आइतवार राति नै भएको खेलमा आर्सनलले कार्डिफ सिटीलाई ३-२ गोल अन्तरले हरायो । ४ खेलबाट १२ अंक बनाएको लिभरपुल लिगको शिर्ष स्थानम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?