५४ लाख ९६ हजारसहित पाँच जना हुण्डी कारोबारी सार्वजनिक

वीरगञ्ज । नेपाली मुद्राको अवैध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सोमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएको ५४ लाख ९६ हजार र हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरिएको हो । 

अवैध कारोवारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगञ्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँ छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताए ।

उनीहरुले वीरगञ्जको घडिअर्वा र माइस्थान चोकमा हुण्डी कारोबार भएको सूचनाका आधारमा पक्राउ गरिएको हो । 

पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोवारी भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?