२३ श्रावण २०७९, सोमवार

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु

२०७९,असार,२३,बिहीवार १७:१५

54
Shares

धनगढी । कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीकाअनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।

तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् । दुर्घटनामा परी अनितासँगै २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १७:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी

ताजा समाचार