सुनको मूल्य तीन सयले घट्यो

काठमाडौं । सोमबार सुन प्रतितोला तीन सयले घटेर ५७ हजार रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन ५७ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?