माओवादी केन्द्रले गठन गर्‍यो स्थायी कमिटी (नामसहित)

लोकपथ
26
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी गठन गरेको छ ।

बिहीबार जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४१ सदस्यीय स्थायी कमिटी बनाइएको बैठकलाई जानकारी गराएका छन् ।

जसमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेल रहेका छन् । साथै अन्यमा केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहने अध्यक्ष प्रचण्डले जानकारी गराएका छन् । हालसम्म १५ जनाकाे नाम टुंगिए पनि बाँकीकाे नाम भने टुंगिन बाँकी रहेकाे छ ।

त्यसैगरी केही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको उनले बताए

सबै नामहरु बैठकमा प्रस्ताव गरिएको र बैठकले पारित गरेको छ ।

त्यस्तै आजै १५६ सदस्यीय पोलिटब्यूरो गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?