२६ श्रावण २०७९, बिहीवार

न्यु जेनिथ र ग्रान्डीलाई ऋत कप

२०७९,असार,२३,बिहीवार १७:०५

0
Shares

काठमाडौं । न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । न्यु जेनिथ ब्वाइज तथा ग्रान्डी गर्ल्समा च्याम्पियन बने ।

बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३-८ ले पराजित गर्‍यो । न्यु जेनिथको जितमा सुसन मगरले ७ अंक योगदान गरे । आयोजक ऋतले एन्जल्स हार्टलाई १४-१२ ले हराउदै तेश्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा समिरा घिसिङको ४ अंक सहयोगमा ग्रान्डीले एसिया प्यासिफिकलाई ११-५ ले पाखा लगायो । युनिकले बलर्स एकेडेमीमाथि ८-५ को जित दर्ता गर्दै तेश्रो स्थानमा रह्यो ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५०० नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययन गर्न चाहे ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने ऋतका सीईओ सिद्धार्थ लामाले जनाएका छन् । ऋतमा विज्ञान, मानविकी, कानुन, व्यवस्थापन र ललित कलाको पढाइ हुन्छ ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुसन र समिरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, ऋतका को- ओर्डिनेटर खेमनाथ पौडेल, उप प्राध्यापक डा. चन्द्रमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ८४ तथा गर्ल्समा १६ गरी ९० टिम सहभागी थिए ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १७:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक

आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

ताजा समाचार