विवादपछि प्रचण्डले तेस्रोपटक बाचन गरे पोलिटब्यूरो सदस्यहरुको नाम

लोकपथ
143
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोटिलब्यूरो सदस्यहरुको नाम तेस्रो पटक बाचन गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा १२५ सदस्यीय पोलिटब्यूरो सदस्यहरुको नाम बाचन गरेका थिए । तर नेताहरुले त्यसमा आपत्ति जनाएपछि केही सदस्यहरुको नाम थपेर प्रचण्डले दोस्रो पटक नामहरु बाचन गरेका थिए । तर आफूहरुलाई कुन मापदण्डको आधारमा पोलिटब्यूरो सदस्य नबनाइएको भन्दै केही नेताहरुले आक्रोश व्यक्त गरेसँगै सदस्यहरुको नाम थपेर प्रचण्डले तेस्रोपटक नाम बाचन गरेका हुन् ।
पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि माओवादी केन्द्रले जारी केन्द्रीय कमिटी बैठक १ घण्टाको लागि स्थागित गरिएको थियो ।

आइतबारबाट जारी बैठकमा आज पदाधिकारी र स्थायी कमिटी सदस्य बनाउन लागिएको छ ।

सुरुमा १२५ जनाको नाम प्रस्ताव गरिए पनिपछि नाम थपिँदै जाँदा १५६ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?