थप २ जनामा हैजाको संक्रमण, बिरामीको संख्या २३ पुग्यो

लोकपथ
39
Shares

काठमाडौंं । काठमाडौंंमा आज थप दुई जनामा हैजाको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनहारा नगरपालिका–६ र काठमाडौं महानगरपालिका–१३ मा हैजा देखिएको हो ।

मनहरामा १२ वर्षको बालक र वडा नम्बर १३ मा ५८ वर्षको पुरुषमा हैजा देखिएको महाशाखाले जनाएको छ । एक जनाको नगर अस्पताल मनहरा र अर्कोको टेकु अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार हालसम्म २३ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?