खानेपानी तथा सरसफाइ विधेयक पारित

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपुरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्ष गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपुरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?