राजधानीको मनमैजुमा पहिरो खस्दा तीन घरमा क्षति, दुई घाइते

काठमाडौं । राजधानीको मनमैजुमा पहिरो खस्दा तीन घरमा क्षति भएको छ भने पहिरोमा फसेका दुई बालबालीकाको उद्धार गरीएको छ । 

सोमबार बिहान करिब २ बजेको समयमा  राजधानीको मनमैजुस्थित बाँसको झ्याङमाथिबाट खसेको पहिरोले घर पुरेको थियो । घरको माथिबाट बाँसको झ्याङ सहितको ढिस्को घरमाथि खसेको स्थानीयले बताएका छन् । पहिरोले तीन घरमा क्षति पुर्याएको छ । महानगरीय प्रहरी बृत्त बालाजुको टोली राति नै उद्धारमा खटेको थियो ।
 

आइतबार रातिदेखि परेको भारी वर्षका कारण  खसेको पहिरोका कारण मानवीय क्षति नभएपनि तीन घरमा क्षति पुगेको छ । प्रत्यक्षदर्शीले भने, ‘‘सुत्नै लागेको थियौ , एक्कासी घर नै थर्कियो वाहिर आएर हेर्दा घरमाथि त बाँसको झ्याङ खसिसकेको रहेछ ।’’

पछिल्लो समय जथाभावी प्लटिङ गर्ने क्रम बढेकोले पनि पहिरोको जोखिम बढ्दै गएको छ ।

उता सल्यानको ओख्रेनीमा  पहिरोमा पुरिएर ३ बालबालिकाको मृत्यु भएको छ भने अभिभावक घाईते भएको समाचार छ ।  ​

https://lokpath.com/story/55327

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?