एसपीपी लागू नगर्नेबारे अमेरिकालाई पत्राचार गर्न देव गुरुङको माग

लोकपथ
52
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रीपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रीपरिषदको सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बूँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन ? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए । उनले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेमात्रै सो परियोजना नेपालमा लागू हुने पनि स्मरण गराए ।

प्रमुख सचेतक गुरुङले नेपाल आईपीएस (इन्डोप्यासेफिक स्ट्राटिजी) को सदस्य राष्ट्र बन्नै नसक्ने धारणा समेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?