बढ्दो तापक्रमले अन्नबालीमा असर

एजेन्सी : किराफट्याङ्ग्राबारे गरिएको एक नयाँ अनुसन्धानबाट बढ्दो तापक्रम वृद्धिले अन्नबालीलाई ठूलो नोक्सानी हुने विषयमा सत्तर्क गरिएको छ ।

वासिंटन र भर्मन्ट विश्वविद्यालयका अनुसन्धानकर्ता  वैज्ञानिकहरूले उच्च तापक्रम भएका भूभागमा किराफट्याङ्ग्राको वृद्धि द्रुतगतिमा हुने गरेकोले यसबाट अधिकांश अन्नबाली नष्ट हुने गरेको जनाएका छन् ।

बढ्दो तापक्रमले अहिले सबैभन्दा बढी चिसो भू–भागलाई प्रभावित  गर्ने गरेको छ ।

त्यस भू–भागमा उत्पादन हुने गहुँ र मकैमा २० देखि ५० प्रतिशतसम्मको ह्रास आएको देखिएको छ ।

गर्मी भू–भागमा अहिले नै किराफट्याङ्ग्राको धेरै वृद्धि भएको छ । यस क्षेत्रका अन्नबालीमा चरम असर गरेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले जनाए ।

अनुसन्धानकर्ताहरूको अनुमान अनुसार विश्वभरि वर्सेनी करोर्डौै टन अन्नबाली  किराफट्याङ्ग्राले नष्ट गर्ने गरेको छ ।

वासिंटन विश्वविद्यालयका एकजना अनुसन्धानकर्ताले जनाए अनुसार अहिले १२ वटा पाउरोटीमध्ये एक पाउरोटी बनाउन चाहिने पिठो बराबरको बाली किराफट्याङ्ग्राबाट नष्ट हुने गर्छ । 

जलवायु परिवर्तन यसैगरी भइरहने हो भने यो शताब्दीको अन्त्यसम्म किराफट्याङ्ग्राले १२ मध्ये दुईवटा पाउरोटी बराबरको पिठो नष्ट हुने उनीहरूको अनुमान छ ।

यो समस्या समाधानको उपायको रूपमा उनीहरूले अनुवांशिक रूपमा संशोधन गरिएको बाली लगाउनु, बालीको चक्र परिवर्तन गर्नु र कीटनाशक विषादीको प्रयोग गरी किराफट्याङ्ग्रा र तिनले गर्ने असर न्यूनीकरण गर्नु उचित बाटो भएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?