पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज : सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित पोखरीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बैजनाथ यादवको १० वर्षीय छोरा त्रिभुवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?