मिस इण्डिया सिनीमाथि जूनियर एनटीआरको नजर

लोकपथ
1.4k
Shares

काठमाडौं । फेमिना मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीमाथि जो कोहीको नजर अडिएको छ ।

सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्मले बलिउडमा राम्रै पाइला चाले । अबको पर्खाइ सिनीमा छ ।

समाचारअनुसार टलिउड सुपरस्टार जूनियर एनटिआर र कोरताला शिवाले आफ्नो फिल्म ‘एनटिआर ३०’ का लागि सिनीलाई अनुबन्ध गर्ने विषयमा चासो देखाएका छन् । एनटिआर र शिवा हाल यो विषयमा छलफल गरिरहेका छन् । उनीहरूले चासो दिए पनि सिनी तुरुन्तै फिल्ममा अनुबन्धित हुने सम्भावना भने न्यून छ ।

किनकी सौन्दर्य प्रतियोगिता जितेपछि एक वर्षसम्म विजेताले आयोजकका अत्यावश्यक कामहरु पुरा गर्नुपर्ने हुन्छ । यहीकारण उनीहरुले फिल्म या कुनै ब्राण्ड एन्डोर्समेन्ट जस्ता प्रोजेक्टमा हस्ताक्षर गर्न पाउँदैनन् । यदि जूनियर एनटीआरले सिनीलाई नै लिने हो भने उनले एक वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?