१ भाद्र २०७९, बुधबार

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ : मन्त्री श्रेष्ठ

२०७९,असार,२३,बिहीवार १५:३१

36
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुनहरु भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएका छन् ।

मन्त्री श्रेष्ठको निर्देशनमा सहकारी विभागले तयार पारिरहेको सहकारीको दश वर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र सम्बन्धी सरोकारवालहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी भएका व्यवस्थाहरुलाई समयानुकुल सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु पर्ने बताए ।

उनले सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकाय थप्ने भन्दापनि हाल रहेका संरचनाहरुलाई पुर्नसंरचना गरी सशक्त बनाउने र कमजोरी हटाउने तर्फ कार्यदिशा निर्दिष्ट हुनु पर्नेमा जोड दिए । विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिला भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटो भन्दा छिटो अन्तिम रुप दिन मन्त्री श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले सहकारी क्षेत्रको सुधारका लागि आएको दश वर्षे सोचपत्रमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए ।

राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले सदस्यहरुको उद्यमशिलता विकास गरी गरिवी निवारण गर्ने उदेश्य राखेर सहकारीका कार्यक्रमहरु बनाउनु पर्ने बताए ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले अवधारणा पत्रको प्रारम्भिक मस्यौदा तयार पारेको र सबैको सुझाव समेटेर यसलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा मोरङ कारागार कार्यालयमा शुद्ध खानेपानी जडान गरिएको छ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् । बुधबार नेपाली कांग्रेसबाट

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५