अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको निवर्तमान अर्थमन्त्री शर्माको स्पष्टोक्ति

लोकपथ
39
Shares

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष ‘प्रचण्ड’ को म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् । नेकपा माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै शर्माले बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट गरेका हुन् ।

‘उत्पादनसंग सम्बन्धित विषयलाई अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो’ उनले भने, ‘महिला, दलित लगायतसँंग अन्तरक्रिया र संकलन गरेर बनाइयो । स्रोत र सीमालाई पनि हेरियो ।’ उनले बजेटमा पार्टीको एजेन्डाअनुसार जनमुखी कार्यक्रम समेटिएको बताए ।

असार १९ गतेदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक २ दिन स्थगित भएको थियो । २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर अध्यक्ष ‘प्रचण्ड’ ले जवाफ दिइएका छन् । यस्तै, पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?