१ भाद्र २०७९, बुधबार

रावाबेँसी गाउँपालिकाकी दलित महिला सदस्य मृत फेला

२०७९,असार,२३,बिहीवार १५:२५

54
Shares

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् ।

मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

हजुरबाको मरण भएको कान्छा काकाको घरमा बुधबार राति बुबाआमा गएपछि मेनुजा र दुई छोरीसहित माइतीमै सुतेका थिए । रातको २ बजे पिसाब फेर्न गएर आएपछि सुतेकी उनी घरमै मृत अवस्थामा फेला परेको वडा सदस्य महेश श्रेष्ठले बताए ।

श्रीमान भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएपछि उनी दुई छोरीसहित घर सम्हाल्दै आएकी थिइन् । मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्ने गरेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्रो पटक विजयी भएकी हुन् । उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । स्नातक उत्तिर्ण गरेकी मेनुजाले कांग्रेसका वडा सभापतिको जिम्मेवारी पाएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी उमेश लम्सालले बताए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रसेर राई बिहीबार बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार १५:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् । सप्तरीको डाक्नेश्वरी

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

गरीबी उन्मूलन र नेपालको सामाजिक आर्थिक रुपान्तरण को लागी सेवा गर्दै आएको Asta-ja ले च.न.पा. वडा नं ८, स्थित श्री

लमजुङ । केही समय अगाडि सुनसान रहेका गाउँमा पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक

ताजा समाचार