सेयर बजारको ओरालो यात्रामा निरन्तरता

लोकपथ
26
Shares

काठमाडौं । सेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक १६.६० प्रतिशतले घटेर २०२७.३२ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३.४२ अंकले घटेर ३८५.४९ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर कुल २२९ कम्पनीको ४७ लाख ११ हजार ०२५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ रुपैयाँको कारोबार भएको छ ।

म्युचुअल फण्डबाहेक १२ वटै सूचक राताम्य बनेको छ । यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेसनले सर्वाधिक ७ करोड ६५ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

बिहिबार २९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्यमा भएन गिरावट आएको छ ।
आज आरबीबी म्युचुअल फण्ड-१ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?