मधेश प्रदेशको औद्योगिक क्षेत्रमा मात्र एक खर्ब १२ अर्ब रुपैयाँ कर्जा

लोकपथ
0
Shares

काठमाडौं । मधेश प्रदेशको औद्योगिक क्षेत्रमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब १२ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशगत वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थिति आर्थिक वर्ष २०७८/७९ को प्रथम अर्धवार्षिक अवधिको प्रतिवेदन अनुसार चालू आर्थिकको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २० दशमलव ४३ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब ३४ करोड पुगेको हो ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ९३ अर्ब २८ करोड रहेको थियो । समिक्षा अवधिमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६१ दशमलव ४५ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा दुई दशमलव ५३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

सोअनुसार पर्सामा ६९ अर्ब चार करोड रुपैयाँ औद्यौगिक कर्जा प्रवाह हुँदा सप्तरी जिल्लामा २८ करोड ४० लाख रुपैयाँ कर्जा प्रजाह भएको छ । मधेश प्रदेशमा सबभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेको र कोभिड–१९ को महामारी सामान्य हुँदै गए पछि उद्योगहरूका सञ्चालन क्षमता उपयोग बढ्दै औद्योगिक गतिविधि र उत्पादन बढ्दै गएकाले पर्सा जिल्लामा सबभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

यी बाहेक सिराह जिल्लामा पाँच दशमलव २० प्रतिशत अर्थात ५८ करोड ४० लाख, धनुषा जिल्लामा १० दशमलव ०९ अर्थात एक अर्ब ११ करोड ३० लाख, महोत्तरीमा ६० दशमलव ६ प्रतिशत अर्थात ६८ करोड १० लाख, सर्लाहीमा पाँच दशमलव ३४ प्रतिशत अर्थात छ अर्ब र रौत्तहटमा चार दशमलव २१ प्रतिशत अर्जात ५७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?