प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने

लोकपथ
13
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकाको भ्रमण तत्काल नहुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण तत्काल स्थगित गरेको बताए ।

प्रचण्डले जारी केन्द्रीय कमिटी बैठकमा सो कुरा बताएका हुन् ।

अमेरिकासँग एसपीपी सम्झौता नगर्ने सरकारको निर्णयकाबीच सोही प्रकृतिको नयाँ नाममा सम्झौता हुनसक्ने चर्चा भईरहेको बेला प्रधानमन्त्रीको भ्रमण नहुने भएको हो ।

प्रचण्डले भने, ‘तत्काल प्रधानमन्त्रीको भ्रमण सम्भव छैन र यो निश्चित पनि छैन । यो राष्ट्र संघको साधारणसभाको क्रममा जहिले पनि हुन सक्छ । एसपीपी सम्झौता नगर्ने निर्णय भएको छ तर सो अनुसारको अरु सम्झौता हुने भनेर चर्चा पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?