माओवादीले एमसीसी निर्वाचनपछि बहस गर्ने

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसीका विषयमा आम निर्वाचनपछि मात्रै बहस गर्ने भएको छ ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी संघ र प्रदेशको निर्वाचनपछि मात्रै एमसीसीका विषयमा छलफल गर्ने बताएका हुन् ।

साथै १२ बुँदे सहमतिपछि एमसीसीमा कुनै राष्ट्रघात नभएको प्रचण्डको दाबी रहेको छ ।

१२ बुँदे सहमतिसहित पास भएको एमसीसी सम्झौताका विषयमा माओवादी केन्द्रका कतिपय नेताहरुले विरोध गरेका थिए । तर पार्टी अध्यक्ष प्रचण्डले त्यसबारेमा १२ बुँदे सहमतिसहित पारित गर्ने अडान राखेपछि नेताहरुले मौन समर्थन जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?