धासिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?

काठमाडौँ –कैलाश मानसरोबर घुमेर फर्केका २१ जना भारतीय तीर्थयात्रुहरू बोकेर नेपालगन्जबाट आइपुगेको यती एयरको जेटस्ट्रिम विमान काठमाडौं विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाहिर चिप्लिएर ‘दुर्घटना’ हुँदा शनिबार बेलुकीदेखि आइतबार बिहानसम्म १२ घण्टा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको हवाई सम्पर्क टुट्यो ।

धावनमार्गबाट करिब १० मिटर पर पुगेर धस्सिएको ७ टन हाराहारी तौलको खाली विमान निकाल्न १२ घण्टा लाग्नु लाजमर्दो विषय हो । काठमाडौं विमानस्थलमा शनिबार बेलुकी साढे ८ बजे भएको रन–वे एस्कर्सन (धावनमार्गबाट चिप्लिने) घटना पहिलो होइन । यसअघि ०७१ फागुनमा टर्किको राजधानी इस्तानबुलबाट २ सय २४ यात्रु बोकेर आएको वायुयान एयरबस ३३० धावनमार्ग छेवैमा चिप्लिएर दुर्घटना हुँदा चार दिनसम्म विमानस्थल ठप्प भयो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?