नेपाली रूपैयाँको अवमूल्यन सोमबार स्थिर (विनिमय दर)

काठमाडौं : विदेशी मुद्रासँग नेपाली रूपैयाँको निरन्तर अवमूल्यनमा सोमबार ब्रेक लागेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १ सय १३ रूपैयाँ २९ पैसा र बिक्रीदर १ सय १३ रूपैयाँ ८९ पैसा पुगेको छ । 

युरो १ को खरिददर १ सय ३१ रूपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ३२ रूपैयाँ १६ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ४७ रूपैयाँ ६४ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३० रुपैयाँ १ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रिदर १० रुपैयाँ २१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ १ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ४७ पैसा र बिक्रिदर ३ सय २ रुपैयाँ ६ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?