सल्यानको अोख्रेनी पहिरोमा पुरिएर ३ बालबालिकाको मृत्यु, अभिभावक घार्इते

बागचाैर (सल्यान) : जिल्लाको बागचाैर नगरपालिका-१२, अोख्रेनी मुलखोलामा अार्इतबार बेलुकी गएको पहिरोमा पुरिएर ३ बालबालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

बेलुकीको खाना खाँदै गरेको समयमा पहिरो खसेपछि एकै परिवारका ३ सदस्यको मृत्यु भएको हो ।

स्थानीय बालाराम डाँगीको घरलार्इ माथिबाट खसेको पहिरोले पुर्दा उनका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनकाको मृत्यु भएको स्थानीयले बताएका छन् । 

डाँगी र उनकी श्रीमती पनि पहिरोमा पुरिएर घार्इते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?