बेलायती सरकारको ब्रेग्जिट योजना युरोपेली संघलाई अस्वीकार

एजेन्सी: युरोपेली संघका प्रमुख ब्रेग्जिट वार्ताकार माइकल बर्नियरले बेलायती प्रधानमन्त्री टेरिजा मेले भविष्यमा हुने व्यापार सम्झौताको प्रस्तावका महत्वपूर्ण भागलाई सशक्तरूपले विरोध गरेका छन् ।

ब्रेग्जिटका लागि बेलायती सरकारको ‘चेकर्स प्लान’मा आफूले कुनै सम्झौता नगर्ने प्रधानमन्त्री मेले सार्वजनिक गरेको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै युरोपियन युनियनका प्रमुख वार्ताकार बर्नियरले यस्तो बताएका हुन् ।

बेलायती सरकारको प्रस्तावमा प्रस्तुत गरिएको साझा नियम पुस्तिका वस्तुका लागि छन् तर सेवाको सम्बन्धमा त्यो युरोपेली युनियनको हितमा नभएको बनिर्यरले खुलाए ।

उनले भने “हाम्रो आफ्नै पर्यावरण दशकौंदेखि विकास भएको छ । यसको केही टुक्रा टिपेर कसैले खेल्न सक्दैन् ।”

प्रधानमन्त्री मेको चेकर्स प्लानको आलोचना गरेका बर्नियरले यसअघि खुलारूपमा अभिव्यक्ति सार्वजनिक गरेका थिएनन् ।

बर्नियरको टिप्पणी पछि बेलायती सरकारले युरोपेली संघसँग भविष्यमा मिलेर काम गर्न बनाइएको आफ्नो योजना ठोस र व्यावहारिक रहेको दाबी गरेको छ ।

अनौपचारिकरूपमा यो अक्टोबर भित्र  बेलायत र युरोपियन युनियनबीच बेलायत युरोपियनबाट छुट्टिनका लागि गरिने सम्झौताहरू सम्पन्न गर्नुपर्ने भएपनि बर्नियरले यसलाई नोभेम्बरको मध्यसम्म लान सकिने बताए ।

फ््रयाकफर्टर अलेमेइने जेटुंग नाम गरेको जर्मन पत्रिकालाई दिएको एक अन्तर्वार्तामा बर्नियरले बेलायती प्रधामन्त्री मेको योजनाले  एकल बजार र युरोपियन परियोजनालाई ध्वस्त पार्ने बताए ।

उनले भने “बेलायतीहरूसँग एक छनौट छ । उनीहरूले युरोपेली युनियनको सदस्य नरहेको नर्वे जस्तो एकल बजारको अवस्थामा रहन सक्छन् ।

उनीहरूले त्यस अनुरूपको युरोपेली संघका नियम कानुनलाई मान्दै युरोपियन युनियनप्रति ऐक्यबद्धता जनाउँनुपर्छ । यो छनौट  हो ।”
हामीले उनीहरूले हाम्रा नियमका कुनै सानो परिपक्व वस्तु टिप्न दियौं भने यसले गम्भीर परिणामहरू ल्याउने बर्नियरले स्पस्ट पारे ।

हामीले तेस्रो पक्षलाई दिने लाभ बेलायतलाई मात्र दिने उनले जनाए ।

अर्को समस्या भनेको धेरै वस्तुहरू सेवासँग जोडिएर रहेका छन् । उनीहरूलाई व्यापार सम्झौतामा छुट्टयाउन गाह्रो छ ।

बेलायती प्रधानमन्त्री मेले एक राम्रो सम्झौतामा पुग्न सकिने विश्वास टेलिग्राफमा एक लेख मार्फत व्यक्त गरेकै दिन बर्नियरको यस्तो आपत्ति सार्वजनिक भयो ।

बेलायतले अगामी २९ मार्चदेखि युरोपियन युनियनबाट अलग हुने गरी सम्झौतालाई अन्तिमरूप दिन तयारी गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?