प्रचण्डको दाबी : ‘राजीनामा दिएर अर्थमन्त्रीले नैतिकता प्रस्तुत गरे’

लोकपथ
14
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्रीले राजीनामा दिएर नैतिकता प्रस्तुत गरेको बताएका छन् ।

आज बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्रीले रोस्टममा उभिएर आफूले केहि पनि नगरेको बताएको भन्दै नैतिकता प्रस्तुत गरेको दाबी गरे ।

त्यस्तै उक्त विषयलाई भ्रमित र उचाल्दै राजनीतिमा अफ्ठ्यारो पार्ने काम भएको समेत बताए ।

‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसद्मा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसद्मा नैतिकता प्रदर्शन गर्नुभएको छ,’ प्रचण्डले भने, ‘नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन हुन्थ्यो । हामीले त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिएका छौँ ।’

आइतबारबाट सुरु भएको बैठकमा आज प्रचण्डले जवाफ दिइरहेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई प्रवेश गराइ करका दर हेरफेर गराएको भन्दै विवादमा मुछिएपछि बुधबार राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?