सवारी साधनमा लेखिएका साहित्य हटाउँदै प्रहरी

लोकपथ
39
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी साधनमा लेखिएका स्टिकर हटाउन अभियान थालेको छ ।

सवारी साधनका विभिन्न भागमा लेखिएका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्ता सामाग्रीले सामाजमा विकृत्ति ल्याउने र अश्लिल, अपाच्य, गाली, कानून विपरित हुने भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले हटाउन लागेको हो । सवारी साधनमा लेखिएका स्टिकरले चालकको ध्यान मोडिन गई दुर्घटना निम्त्याएको प्रहरीको भनाइ छ ।

अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो । त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ ।

ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लर लगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?