नबिल बैंक र एनबी बैंकको कारोबार सोमबार बिहानसम्म बन्द रहने

लोकपथ
169
Shares

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत कारोबारका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएको छ ।

एक सूचनामार्फत यी बैंकहरूले २७ असारदेखि एकीकृत कारोबार गर्ने भएकाले शुक्रबारदेखि सोमबार कार्यालय समयअगाडिसम्म बैंकिङ कारोबार बन्द गर्ने जानकारी दिएको हो ।

सोमबारदेखि नै नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालया तथा शाखा कार्यालयहरूले नबिल बैंकको प्रादेशिक/शाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्नेछन् ।

दुबै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि २४ असारमा कार्यालय समयपछिदेखि सोमबार बिहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण सेवा तथा कारोबार र असार २५ गते शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य बैंकिङ सेवा बन्द रहनेछ । उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएको छ ।

त्यसैगरी नेपाल बंगलादेश बैंकको भने बिहीबार कार्यालय समयपश्चात २७ असार बिहान कार्यालय अगाडिसम्म सम्पूर्ण बैंकिङ सेवा तथगा कारोबार बन्द रहनेछ । उक्त समयमा नेपाल बंगलादेश बैंकको क्रेडिट कार्ड भने सञ्चालन हुनेछ ।

नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्था मिलाइएको जनाएको छ । नेपाल बंगलादेश बैंकले डेबिट÷क्रेडिट÷प्रिपेड कार्डहरू सोमबार बिहान कार्यालय समयपश्चात सुचारु हुनेछ । नेपाल बंगलादेश बैंकले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रूपमा प्रतिस्थापन गर्न ग्राहकहरूलाई सूचीत गरी नयाँ कार्डहरू उपलब्ध गराइने बताइएको छ ।

यी दुबै कम्पनीको गत ७ जेठमा सम्पन्न विशेष साधारण सभाबाट प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित भएको थियो । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा प्राप्ति गरेको हो । हाल नबिल बैंकको चुक्तापूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ चुक्तापूँजी २२।५ अर्ब रुपैयाँ, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४ रुपैयाँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?