काठमाडौं । नेकपा माओवादीका पूर्व स्थायी कमिटीको बैठक खुमलटारमा सुरु भएको छ ।
जारी केन्द्रीय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनु अघि र पदाधिकारी घोषणा गर्नु अघि पूर्व स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
पार्टीवाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा विवादित भएपछि बुधबार पनि स्थगित भएको केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको हरिबोल गजुरेलले जानकारी दिए ।
‘पदाधिकारी चयनका बिषयमा प्रारम्भिक कुराकानी भईसकेको छ, त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले भने, ‘सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रिय समिति बैठक समापान गर्न लागि परेका छौं ।’
आइतबार देखी सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकवाट रिर्पोटिङ भएको थियो । दोस्रो दिन केन्द्रीय सदस्यहरुले उक्त दुवै विषयमा प्रश्न राखे पछि मंगलवार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका बिषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन ।
बैठक दिउँसो १ बजे बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया