११ चैत्र २०७९, शनिवार

स्थायी समितिका नेता नै नाममा अनभिज्ञ

२०७४,आश्विन,३०,सोमवार ०२:२६

9
Shares

काठमाडौँ, ३० असोज- २६ असोजबाट स्थायी समिति बैठक बस्ने भनिए पनि त्यसयता समानुपातिकका उम्मेदवारबारे औपचारिक छलफल नै नभएका कारण बन्दसूचीभित्र राखेर निर्वाचन आयोमा बुझाइएको नाममा स्थायी समितिकै सदस्यहरू अनभिज्ञ देखिएका छन् ।२६ गते साँझ केहीबेर भैँसेपाटीमा बसेको स्थायी समिति बैठकमा केन्द्रको ‘सर्कुलर’ विपरीत सात–आठ गुणा बढी उम्मेदवारको नाम सिफारिस भएकाले विधि र प्रक्रियाभित्र रहेर नामावली ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिमा ल्याउन अध्यक्ष केपी ओलीले प्रदेश संयोजकहरूलाई निर्देशन दिएका थिए । त्यसअनुसार उनीहरूले ओलीलाई छुट्टै ‘ब्रिफिङ’समेत गरेका थिए ।आवासीय बैठक बस्ने भन्दै स्थायी समितिका सबै सदस्यलाई शुक्रबार र शनिबार दिनभर ‘अलर्ट’ गराइए पनि बन्दसूची बुझाउने दिन अपराह्न १२ बजेपछि अध्यक्ष ओलीनिवास बालकोटमा बैठक बोलाइएको थियो । बैठकमा नेपालनिकट उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतले नेतृत्वको अयोग्यताका कारण पर्याप्त छलफल र निर्णयविनै नाम बुझाउनुपर्ने स्थिति आएको भन्दै आलोचना गरेका थिए । त्यसपछि स्थायी समितिले पछि निर्णय गरेर सच्याउने गरी तत्काललाई प्रदेश संयोजकले दिएका नाम राखेर बुझाउने समझदारी भएको थियो ।‘बैठक नै नबसेका कारण कसरी नाम आए, क–कसका नाम आए भन्ने कुरा औपचारिक रूपमा थाहा हुने कुरै भएन,’ एक सदस्यले भने, ‘बैठक नै बसेन, सुरुमै अध्यक्षले कुरा राख्न थालेपछि धेरै समय पुराण सुन्ने स्थिति पनि भएन, विरोध भएपछि प्रदेश संयोजकले दिएका नाम राखेर बुझाउने समझदारी भयो ।’उपमहासचिव भुसालले पछिल्ला दिनमा पार्टीभित्र संस्थागत छलफलै हुन छाडेकाले पार्टीलाई ‘भूमिगत गिरोह’ले सञ्चालन गर्ने डर पैदा भएको बताए । ‘धेरै समय नबसेकाले अरू धेरै के–के भयो थाहा भएन, तर बाहिर पार्टी जति भयंकर विस्तार हुँदै गएको छ, त्यति नै भित्रभित्रै भूमिगत गिरोहले खोक्र्याउँछ कि भन्ने डर पैदा भएको छ,’ भुसालले भने, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०२:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११