मुलुकी ऐनको विरोध, ६ हजार चिकित्सकले लाइसेन्स बुझाए

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सक प्रमाणपत्र नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ लगायतको टोलीले नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डाक्टर नारायणविक्रम थापालाई चिकित्सक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । 
चिकित्सक संघले ६ हजारभन्दा धेरैले प्रमाणपत्र बुझाएको जनाएको छ । 

मुलुकी ऐनको विरोध गर्दै आइतबार दिउसो माइतीघरबाट शुरु भएको विरोध प्रदर्शनपछि नयाँ बानेश्वरमा विरोधसभाको आयोजना गरेको थियो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?