प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता लिएर नयाँ पेश गरिँदै, के-के छ कार्यसूची ?

लोकपथ
28
Shares

काठमाडौं । लामो समय देखी विवादमा परेर अघि बढन नसकेको नागरिकता विधेयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ।

गत मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ नागरिकता विधेयक पेश गर्न लागेको हो ।

विगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुँदालाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता बिद्येयक संसदमा पेश गर्न लागेको हो ।

‘जन्मसिद्धका सन्तानले कानुन नहुँदा नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता वरिष्ठ नेता राजेन्द्र महतोले भने ।

उनका अनुसार जन्मसिद्धका सन्तानले बंशजले सरह नागरिकता पाउने पुर्ववतः अधिकार संसदमा नागरिकता विधेयक अडकिँदा कार्यान्वयन हुन सकेको थिएनन्।

२२ गते प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका महतोलाई नयाँ नागरिकता विधेयक २३ गतेको बैठकमा पेश गर्न लागेको जानकारी गृह मन्त्री बालकृष्ण खाँणले दिएको जनाएका थिए । नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेश केन्द्रीत दलले सरकारलाई संसद र ज्ञापन पत्र मार्फत झक्झकाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?