१ कार्तिक २०७८, सोमवार

चिकित्सकहरुले हामीसँग छलफलनै गरेनन्, वार्ताको लागि सहजीकरण गर्छौं : स्वास्थ्य राज्यमन्त्री डा. यादव

२०७५,भाद्र,१७,आईतवार ११:११


काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उनीहरुले हामीसँग छलफल गरेका थिए । तर, त्यसो गरेन । हामीले नेपाल चिकित्सक संघका अध्यक्षलाई वार्ता तथा छलफलको लागि पनि आह्वान गरेका थियौं । तर, उनले छलफलमा आए ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजबाट आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता गरी वार्ता तथा छलफलमा आउन आग्रह समेत गरे । उनले भने, ‘चिकित्सकहरुले आन्दोलन फिर्ता लिनुपर्छ । हामी उनीहरुसँग वार्ता तथा छलफलको लागि सहजीकरण गर्न तयार छौं ।’

चिकित्सकहरुले अघि सारेका मागबमोजिम कानुनमा त्रुटि भए त्यसलाई सच्याउनपनि वर्तमान सरकार तयार रहेको मन्त्री यादवको भनाई छ । 

उनले भने,‘उहाँहरुले अहिले आन्दोलन नै गर्नुपर्ने अवस्था थिएन । मन्त्रालयले अहिले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न विद्येयक बनाएको छ । यदि उहाँहरुले यो विद्येयक हेरेको भए आन्दोलनमा जानु हुनेथिएन् । विद्येयकमा प्रस्टसँग कसुर र सजायको बारेमा लेखिएको  । विद्येयकको ४७ नम्बरमा कसुरको बारेमा लेखिएको छ भने ४८ मा सजाय के हुने भन्नेबारे स्पष्ट लेखिएको छ ।’ उक्त विद्येयक संसद पेश गरिसकेको पनि उनले जनाए । 
 

प्रकाशित मिति: २०७५,भाद्र,१७,आईतवार ११:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्वास्थ्यको दृष्टिकोणले बन्दाकोबीको पातलाई स्वास्थ्यवर्धक खानेकुरा मानिन्छ । तर, बन्दाकोबीको पात खाँदा भने विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । यदि

खाना खाएपछि हामी सामान्यतया केही बेर सुस्ताउँछौँ वा केही समय स्थिर भएर बस्छौँ । यो तपाई हामी सबैको चलन हो

युरिक एसिड भएका व्यक्तिहरूलाई चाडपर्वको समयमा सबैभन्दा नमिल्ने भनेकै खानपिन नै हो । अझ दसैँ जस्तो महान् चाडपर्वको अवसरमा युरिक

चाडपर्वको अवसरमा नेपालीहरूको खानपानमा व्यापक परिवर्तनहरू देखिने गर्छ । अझ वर्ष दिनमा एक पटक आउने चाडबाडको समयमा सबैले घरमै मिठो

ताजा समाचार

बढ्न थाले महिलामाथि हिंसाका घटना
 २०७८,कार्तिक,१,सोमवार १०:२६
पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७