३१ आश्विन २०७८, आईतवार

एशिया कप छनोट: नेपालको फाइनलमा पुग्ने सम्भावना न्युन

२०७५,भाद्र,१७,आईतवार १०:४५


काठमाडौं । एशिया कप छनोटको फाइनलमा पुग्ने नेपालको सम्भावना न्युन रहेको छ । 

आइतवारै हुने भनिएको ओमन र हङकङबीचको खेल वर्षाका कारण  रद्द भएपछि एशिया कपको फाइनलमा पुग्ने नेपालको सम्भावना न्युन भएको हो । जारी प्रतियोगितामा ४ खेल खेलिसकेको  नेपालले शुरुवाती दुई खेल गुमाएको थियो ।

त्यसयता नेपालले दुई खेलमा जीत हात पार्दै ४ अंक बनाएको छ । आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । यता नेपालका लागि महत्वपुर्ण मानिएको ओमन र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले अंक बाडेको छ । जुन नेपालका लागि घाटा बनेको हो । 

आइतवारको खेलमा हङकङले ओमनलाई हराएमा नेपालले अन्तिम खेलमा हङकङलाई भारी अन्तरले हराउनु पर्ने थियो । 

त्यस्तै, युएईपनि ओमानसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना थियो । तर, अब नेपालले अन्तिम खेलमा हङकङलाई हराएर मात्र नहुने भएको छ । 

४ खेलबाट ७ अंक बनाएको ओमन पहिलो स्थानमा छ भने ६ अंकका साथ युएई दोस्रो स्थानमा छ । ५ अंकका साथ हङकङ तेस्रो स्थानमा छ । 

अहिले युएईको रनरेट १.५८३ रहेको भने नेपालको ०.१७६ छ । नेपालले फाइनलमा पुग्नका लागि युएईले ८ विकेट र १ सय ५० रन भन्दा माथिको अन्तरले हार्नु पर्नेछ । 
यता नेपालले पनि हङकङलाई भारी अन्तरले हराउनु पर्ने हुन्छ । 

प्रतियोगिताका शिर्ष दुई टिमले फाइनलमा स्थान बनाउने छन् । विजेता टिमले युएईमा हुने एशिया कपमा भारत र पाकिस्तान रहेको समुहमा खेल खेल्नेछ । 

प्रकाशित मिति: २०७५,भाद्र,१७,आईतवार १०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरे  ‘हिमचितुवा’ ले चुमेका छन् । विश्वका युवा

काठमाडौं । कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली

काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबार बाट सुरु हुँदैछ । टी-ट्वान्टी विश्वकप

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । माल्दिभ्समा शनिबार सम्पन्न

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०