किङ्ग लङ्गको विद्युतीय माइक्रोबस नेपाली बजारमा, फुल चार्जमा २५० किलोमिटर चल्ने, प्रतिकिलोमिटर लागत २५ पैसा मात्र

लोकपथ
299
Shares

काठमाडौं । जाईमेन किङ्ग युनाईटेड लङ्ग अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ । नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता श्री इकाे भिजनरी प्रालिले १४ सिट क्षमताकाे याे माइक्राेबस नेपाल भित्र्याएकाे हाे ।

अर्बन ट्रान्सपोर्टेसनका लागि किङ्गविन नेपाली आवश्यताको लागि निकै उपयोगी हुने कम्पनीले जनाएको छ । एक सय किलोमिटर प्रतिघण्टाको उच्चतम रफ्तार लिन सक्ने माइक्राेबसमा ५० किलाेवाट आवरकाे ब्याट्रि जडान गरिएकाे छ । जडान गरिएकाे ८० किलाेवाटकाे माेटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्दछ । एकपटककाे फुल चार्जमा २५० किलाेमिटर चलाउन सकिने याे माइक्राे बस फास्ट चार्जिङकाे माध्यमबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

१४ सिटे ग्यासोलिन इन्जिन भएको माईक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हारहारिमा मात्र पर्न आउने कम्पनीले जनाएको छ ।

विद्युतीय सवारी साधनको प्रयोगले देशबाट इन्धन लागत आयातका लागि बाहिरिने मुद्रा बचत हुनुको साथै वायु प्रदुषण समेत नियन्त्रण गर्नमा मद्दत पुर्याउने श्री इकाे भिजनरी प्रालिका अध्यक्ष उमेश श्रेष्ठले बताए ।

सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरूको रूपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्वाधिक ठूलो उत्पादकको रूपमा परिचित छ ।

त्यस्तै इकाे भिजनरी प्रालि सन् २००३ मा स्थापन भएको हो एसईभी ग्रुप अन्तर्गत श्री इकाे भिजनरीले विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा स्थापना कालदेखि नै निरन्तर सक्रियता जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?