रिलिज भयो ‘कथा काठमाडौं’ को ट्रेलर (भिडियो)

काठमाडौं । पहिलो गीत रिलिज गरेसँगै विवादमा आएको चलचित्र ‘कथा काठमाडौं’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरियो ।

तीन फरक–फरक उपकथालाई जोडेर एउटा भिन्नै कथा बनाइएको ट्रेलरमा प्रियंका कार्की र प्रमोद अग्रहरीलाई मुख्य भूमिकामा छन् । चलचित्रमा प्रियंका कार्कीलाई मोडलको भूमिकामा देखाइएको छ ।

यस्तै अन्य दुई छुट्टाछुट्टै कथामा आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी, त्यस्तै सन्ध्या केसी र संजोग कोइरालालाई देखाइएको छ ।

कार्यक्रममा बोल्दै फिल्म लेखक तथा निर्देशक संगीता श्रेष्ठले पहिलो गीत सार्वजनिक हुँदा आएका विवादलाई ट्रेलरले हटाउने विश्वास व्यक्त गरिन् ।

चलचित्रमा लुजा सिंहको छायांकन रहेको छ भने स्किृप्ट पनि संगीता श्रेष्ठको नै हो । विजय राईले लगानी गरेको यो फिल्ममा विवेक लामा सह–निर्देशक छन् ।

चलचित्र असोजको १२ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?