२६ श्रावण २०७९, बिहीवार

पोखराको पर्यटकीय बसपार्क पर्यटनमन्त्रीद्वारा महानगरलाई हस्तान्तरण

२०७९,असार,२२,बुधबार १८:०७

36
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् ।

पर्यटकीय सहर पोखरास्थीत राष्ट्र बैंकचोकनजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । ७ हजार ९ सय वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न मिल्नेछ । मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रकाशित मिति: २०७९,असार,२२,बुधबार १८:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ । आइते सार्की र उनकी

लमजुङ । लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालयमार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी आज जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको

लमजुङ । डुम्रे–बेसीँशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरू भएको छ । बेसीँशहर–१ उदिपुर पहिरोका कारण

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४