चिकित्सकद्वारा देशभर प्रदर्शन, ‘बिरामीमारा कालो कानून’ फिर्ता गर : डा. केसी

काठमाडौं । डा. गोविन्द केसीले नयाँ मुलुकी अपराध संहिता तत्कालनै फिर्ता लिनु पर्ने बताएका छन् । 

आइतबार नेपाल चिकित्सक संघको अगुवाइमा काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म चिकित्सहरुले मुलुकी संहिताको विरोध –यालीमा डा. केसीले मुलुकी अपराध संहितालाई ‘बिरामीमारा कालो कानून’को संज्ञा दिँदै यस्तो मुलुकी संहिता तत्कालनै फिर्ता लिन सरकारसँगै आग्रह गरेका हुन् ।    

–यालीपछि बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. केसीले मुलुकी अपराध संहितालाई बिरामीमारा कालो कानूनको संज्ञा दिँदै फिर्ता लिनुपर्ने सुझाव दिए । ‘चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही हुनुहुँदैन भन्ने होइन, तर अहिलेको कानून बिरामीमारा छ, यो फिर्ता हुनुपर्छ’ उनले भने । 

सरकारले भदौ १ गतेदेखि लागू हुनेगरि ल्याएको नयाँ व्यवस्थाले डाक्टरलाई हतोत्साहित बनाएको बताउँदै डा. केसीले बिरामीलाई रिफर गर्न मात्रै डाक्टरलाई प्रेरित गर्ने भएकाले यसबाट गरिब जनता नै मारमा पर्ने बताए ।

मुलुकी अपराध संहिता ऐनको दफा २३०,२३१, २३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?