प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आयोगले माग्यो १० अर्ब

लोकपथ
65
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारसंग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले आज सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो ।

बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो ।

गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएपनि अहिले विभिन्न सामग्रीहरुको महँगी बढेकोले बजेट बढाउन माग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?