भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन निर्माण गरिने

लोकपथ
52
Shares

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका ४ मा रहेको माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि मध्यनेपाल नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सवस्टेसनसम्म सिङगल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ ।

७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय-सुझाव मागेको छ । प्रसारण लाइनमा ५ सय ५ वटा पोल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?