२६ श्रावण २०७९, बिहीवार

‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन’

२०७९,असार,२२,बुधबार १६:४८

36
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् । यसको ज्ञान पनि नरहेको उनको भनाइ छ ।

‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो । गलत प्रचार गरियो ।’

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागिरहेको छ । पछिल्लो १३ दिनको मात्र फुटेज रहने र बाँकी आफैं मेटिँदै जाने अर्थ मन्त्रालयले बताएपछि नियोजित रुपमा डिलिट गरिएको आरोप पनि अर्थमन्त्री शर्मामाथि लागेको छ ।

यस विषयमा छानबिन गर्न बुधबार सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन गठन गरेका छन् ।

यद्यपी उनले राजीनामा दिएका छन् ।

प्रकाशित मिति: २०७९,असार,२२,बुधबार १६:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००