३० आश्विन २०७८, शनिवार

श्रोत साधनलाई समूचित प्रयोग गरी प्रदेश र देशलाई समृद्ध बनाऔँ : रत्नेश्वरलाल कायस्थ

२०७५,भाद्र,१७,आईतवार ०८:४७


जनकपुरधाम । प्रदेश भित्रको श्रोत साधनलाई समूचित प्रयोग गरी प्रदेश र देशलाई समृद्ध बनाउन प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

कृष्ण जन्माष्ठमीको अवसर पारेर ब्रहमाकुमारी राजयोग सेवाकेन्द्रद्वारा  जनकपुरधाममा गरिएको प्रवचन कार्यक्रमको उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले सो कुरा बताएका हुन् । साथै उनले समाजमा सदभाव कायम राख्न भगवान श्रीकृष्णले अनुकरणीय कार्य गरी जनमानसमा समाज विकास र उत्थानका लागि पाठ सिकाएको समेत बताए ।

त्यस्तै, कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सम्पुर्ण जिवन जनकल्याणमा योगदान दिने व्यक्ति नै महापुरुष हुन्छ भन्दै श्रीकृष्णले अधर्म र अन्यायका लागि लडेर सन्देश दिन खोजेको बताए । 

यस्तै, प्रदेश साँसद रामअशिष यादवले जानकी र बुद्धको जन्मभुमि र सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेकोले नेपालीले यसमा गर्व गर्नुपर्ने बताए । त्यस्तै नारीलाई सम्मान दिए मात्र देश र समाज समृद्ध हुने उनको भनाई थियो ।

झाँकी सहितको उक्त कार्यक्रममा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जनकपुर र सगरमाथाका प्रमुख सृजना दिदि, प्रदेश प्रमुख कायस्थ, आन्तरिक मामिला तथा कानुनमन्त्री यादब, प्रदेश साँसद रामअशिष यादव, पुर्व मेयर बजरँग साह, पुर्व सिडियो राम रतन मिश्र, विजय दत्त सहितको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०७५,भाद्र,१७,आईतवार ०८:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७