अर्थमन्त्री शर्माले दिए राजीनामा

लोकपथ
598
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

बजेट निर्माणका क्रममा आफूमाथि लागेको आरोपको विषयमा छानबिन समिति गठन भएसँगै संसदलाई सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामाको घोषणा गरेका हुन् ।

साथै आफूले छानबिन समितिलाई सघाउने समेत बताएका छन् ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर गराएको भन्ने आरोपपछि प्रमुख प्रतिपक्षी दल मात्र नभएर सत्तारुढ दलका सांसदले समेत राजीनामा माग गरेका थिए ।

अर्थमन्त्रीले संसदमा सम्बोधन गर्ने क्रममा निरन्तर एमालेले अवरोध गरेपछि आज ११ सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ ।

संसदमा सम्बोधन गर्र्दैै अर्थमन्त्री शर्माले आफूमाथि एउटा मात्र नभइ हजार छानबिनका लागि तयार रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?