२३ श्रावण २०७९, सोमवार

एमालेले भन्यो- ‘अर्थमन्त्रीलाई पदमा राखेर छानबिन गर्न सकिँदैन’

२०७९,असार,२२,बुधबार १६:३०

0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्जन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनु पर्ने वा बर्खास्ती गर्नु पर्ने बताएका छन् । अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन् ।

संसद बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हरकतमाथि छानबिन गर्ने बताए । उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाछि छानबिन हुने उनको भनाइ छ ।

उनले भने, ‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस् । अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन् । सांसदको हैसियतले मात्रै बोल्ने हो । उनकै कारण अर्थमन्त्रालय दिशाविहीन भयो । अर्थसचिब उहाँकै कारण बिदामा बस्नु भएको छ । छानबिन समितिले अब उहाँसँग बयान लिन्छ ।’

अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने उनको भनाइ छ ।

प्रकाशित मिति: २०७९,असार,२२,बुधबार १६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष

ताजा समाचार