अर्थमन्त्रीको सम्बोधनलाई एमाले सांसद्वारा बहिस्कार

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु बैठक हलबाट बाहिरिएका छन् ।

बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिहरुको प्रवेश गराएको आरोपपछि अर्थमन्त्रीले बोल्ने क्रममा एमाले सांसदहरु सम्बोधनलाई बहिस्कार गर्दै बाहिर निस्किएका हुन् ।

अर्थमन्त्री शर्मामाथि छलफल गर्न संसदीय समिति गठन गरिएको छ ।

अर्थमन्त्री शर्माले आफूमाथि छलफल गर्नका लागि गठन गरिएको समितिप्रति धन्यवाद दिएका छन् । साथै आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आफूमाथि आरोप लगाइएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?